नरेन्द्र महतो गौशाला २४ माघ । एक जोडीले अन्तरजातीय विवाह गरेपछि संगै बस्ने चाहना बनाएका छन् । तर केटी पक्षबाट बारम्बार हस्तक्षेप र धम्कीका आएका कारण ती जोडीलाई असुरक्षित महसुस भएको छ ।
यो घटना सर्लाही जिल्ला विष्णु गाउँपालिकाको छ । सुरक्षाको माग गर्दै सर्लाहीको सदरमुकाम आएर अधिकारकर्मी तथा पत्रकारहरुलाइ गुहार गरेका छन् । विष्णु गाउँपालिका – ३ मधुवनगोठका स्थानीय राजेन्द्र रामका छोरा १८ वर्षीय विवेकानन्द राम र सोही ठाउँका सिताराम साह तेलीकी २२ वर्षीया छोरी सुनिता कुमारी साह बिच प्रेम गाठ परेपछि गत पुस २५ गते गाउँबाट निस्कि धनुषाको जनकपुरधाममा गएर माघ ६ गते राजदेवी मन्दिरमा विधिपुर्वक अन्तरजातीय विवाह बन्धनमा बाँधिएका थिए ।
जनकपुरधाम – ९ स्थित डेरा गरि बस्दै आएका विवेकानन्द र उनका परिवारका सदस्यहरु उपर केटीका बुवा सिताराम साहले छोरीलाई अपहरण गरेर लगेको स्थानीय प्रहरी चौकीमा उजुरी समेत दर्ता गराएका थिए । प्रहरीले उजुरीको अधारमा विवेकानन्दका परिवारलाई पक्राउ गरी मानसिक यातना र केटी पक्षले सम्बन्ध छुट्याउन धाक धम्कीहरु दिँदै आएका छन् ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीको कार्यालयमा ती जोडी आएर अधिकारकर्मीहरुको रोहवरमा पत्रकार सम्मेलन गरि न्यायको लागि गुहारेका छन् ।आफुहरु आफ्नो स्वेच्छाले प्रेम गरि विवाह गरेका हौं , जस्तोसुकै परिस्थिति आएपनि हामी एक अर्कालाई छाडेर नबस्ने र यदी हामीलाई छुट्टाउन खोजे अथवा श्रीमानको परिवारमाथि कुनै किसिमको आँच आए आफु आत्महत्या समेत गर्न पछि नपर्ने सुनिताले अधिकारकर्मी तथा पत्रकारहरुलाई बताइन् ।
एकैसाथ सुरक्षा र स्वतन्त्रता पुर्वक बाँच्न पाउनुपर्ने माग गर्दै २०७६ साल माघ १४ गते जिल्ला अदालत सर्लाहीमा दिएको रिट पछि अदालतले २०७४ साल माघ १५ गते मुलुकी देवानी कार्य्विधि सहिंता, २०७४ को दफा १५८ ९२०तथा उच्च अदालत नियमावली ,२०७३ को नियम ४२९१० बमोजिम ब्यक्तिगत स्वतन्त्रतामा अनुचित हस्तक्षेप गर्नेगरी प्रचलित कानुन विपरीत पक्राउ गर्ने , नियन्त्रणमा लिने वा थुनामा राख्ने कार्य नगर्न नगराउन भनी निषेधाज्ञा समेत जारी गरिसकेको छ ।
पत्रकार सम्मेलन पश्चात् उनीहरु अदालतको निषेधाज्ञा पत्र लिएर जिल्ला प्रहरी कार्यालय मलंगवामा एकैसाथ हाजिर भएका छन् ।