जनकपुर २१ माघ । प्रदेश नम्बर २ प्रदेशसभाको स्थापनासँगै कामकारवाही सुरु भएको आज दुई वर्ष बितेको छ । प्रदेशसभाबाट विभिन्न ऐन कानून पारित गरेर सुशासन स्थापना गरी प्रदेशमा विकास निर्माण लगायतका कार्यलाई तिव्रता दिने भनिए पनि पछिल्लो समयमा प्रदेशसभा बैठकसमेत नियमित रुपमा बस्न सकेको छैन ।
सत्ता पक्ष र प्रतिपक्षी दलबीच वाकयुद्धमै पहिलो वर्ष बिते पनि कानून निर्माणको क्रममा काँधमा काँध मिलाएर प्रदेशसभाको कारवाही प्रक्रिया अघि बढ्दै गयो ।
तर करिब ७ महिनादेखि प्रदेशसभाको कामकारवाही प्रभावित हुँदै आएको छ । पछिल्लो वर्ष उपभोक्ताहरुको भुक्तानी विवादको असर प्रदेशसभामा प्रत्यक्षरुपमै देखियो । सो विवादकै कारण प्रदेशसभा प्रभावित भयो, जुन अहिलेसम्म पनि जारी नै छ ।
परिणामस्वरुप कानून निर्माणका कार्यहरुले समेत गति लिन सकेको छैन भने करिब दुई दर्जन कानूनमात्रै प्रदेश सभाले पारित गर्न सकेको छ ।
पहिलो वर्षमा १६ वटा कानून निर्माण गरेको प्रदेशसभाले दोस्रो वर्षमा थप ७ वटा कानून निर्माण गयो ।
प्रदेशसभाबाट अहिलेसम्म मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवासम्बन्धी विधेयक, प्रदेशको सार्वजनिक लिखित प्रमाणीकरण कार्यविधि सम्बन्धी विधेयक, स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूले पाउने सेवा सुविधा सम्बन्धमा बनेको विधेयक थिए ।
गाउँसभा र नगरसभाको कानुन निर्माण प्रक्रिया सम्बन्धी विधेयक, गाउँपालिका, नगरपालिका र जिल्लासभा सञ्चालन कार्यविधि, प्रदेशसभा सचिवालय व्यवस्था गर्न बनेको विधेयक, सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रादेशिक सवारी तथा यातायात व्यवस्थापनसम्बन्धी विधेयक, दलित सशक्तीकरण विधेयक लगायतका विधेयकहरु पारित भईसकेका छन् । अझै केही कानून प्रमाणीकरण हुन बाँकी छ ।
रातोपाटिबाटलगायतका विधेयकहरु पारित भइसकेको छ । यी विधेयकहरुलाई तत्कालीन प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रमाणिकरण समेत गरेका