धनुषा २१ माघ । धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरस्थित न्यु विकाजी दालमोट उघोगमा आगलगी भएको छ। आगलागीबाट दुइ करोड बढीको क्षति भएको छ। सोमबार राति करिब डेढ बजेदेखि सुरु भएको आगलागीमा दालमोट उत्पादनमा प्रयोग हुने उपकरण तयारी अवस्थाका सामान, कच्चा पदार्थ र घर समेत पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। नेपाल प्रहरी र स्थानीय बासिन्दाले बारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए।
‘उद्योग परिसको छुट्टै कोठामा सुतिरहेका कामदारले पहिले केही पड्केको आवाज आएको र पछि आगो लागेको देखेपछि हल्ला गर्न थाले,’ ढल्केवरका प्रहरी निरीक्षक तीर्थ कार्कीले भने। घटनाको मुचुल्का उठाएर थप अनुसन्धान भैरहेको पैहरी निरीक्षक कार्कीको भनाइ छ। नेपाल न्यूजबाट