आरोहण शाह वीरगन्ज २० माघ । प्रदेश २ स्तरीय प्रथम गिरिजा प्रसाद कोइराला गोल्डकप फूटवल प्रतियोगीतांमा आईतबार महोतरीले विजयी भएको छ ।
वीरगन्जमा शनिबारबाट सुरु भएको प्रदेश स्तरीय प्रथम गिरिजा प्रसाद कोइराला गोल्डकप फूटवलमा रौतहटलाई महोतरीले ट्राइबेकरमा २–१ गोलले हराएर विजयी भएको छ ।
आदर्शनगर रंगशालामा भएको दोस्रो दिनको खेलमा निर्धारित ९० मिनेटको खेलमा दुवै टोली गोल रहित बराबरी खेलेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा महोतरीका लागि रवि कुमार , सनम अलि , सन्तोष राय गोल गरेका हुन् ।
रौतहटका लागि किशन लामाले मात्र ट्राइबेकरमा गोल गरेका थिए ।
यसअघि निर्धारित ९० मिनेटको खेलमा बिना गोलको बराबरीमा खेलेपछि खेले ट्राइबेकरमा धकेलिएको थियो । खेलमा म्यान अफ दी म्याच महोतरीका गोलकिपर अलिन थापा मगर भएका थिए ।
प्रतियोगितामा सोमबारको खेलमा सप्तरी र सर्लाही भिड्ने आयोजकले जानकारी गराए । माघ २५ गते सम्मचल्ने प्रतियोगितामाप्रदेश २ का आठ वटै जिल्लाकाजिल्ला फूटवल संघका टिमले भाग लिएका छन् ।
आठ वटा टिमलाइ दुइ समूहमा विभाजन गरिएको छ । समुह ‘क’मा पर्सा, बारा, धनुषा र सिराहा छन् । समूह ‘ख’मा महोत्तरी, रौतहट, सर्लाही र सप्तरी छन् । प्रतियोगिताको उपाधी विजेता टिमले एक लाख ५१ हजार नगद र उपविजेता टिमले ७५ हजार रुपैया नगद सहितकप र मेडल दिनेछ ।