आरोहण शाह वीरगञ्ज १९ माघ । वीरगञ्ज लिपनीविर्तामा रहेको आवर संसारमा आश्रित अभिभावक विहीन बालकसँग पुर्व सांसद अनिल रुगंटाले आफ्नो जन्मोत्सव मनाएका छन् ।
५१ आँै जन्मोत्सवको अवसरमा सपरिवार आवर संसार पुगेका रुगंटाले बालकसँग केक काटेका थिए । उद्यमी समेत रहेका रुगंटाले उपहार स्वरुप आवर संसारमा आश्रित २१ बालकलाई ट्रयाक सुट सेट प्रदान गरेका थिए ।
बालकहरुले पनि रुगंटालाई आफैले बनाएको पोस्टकार्डमा जन्मदिनको शुभकामना दिए । जन्मोत्सव आफूहरसँग मनाएकाले बालकहरुले खुसी प्रकट गरेका थिए ।
यसअघि विहान पुर्व सांसद रुगंटाले जन्मोत्सवकै अवसरमा नारायणी अस्पतालका गरिब सहाय विरामीका लागि कम्बल र बेड सिट वितरण गरेका थिए ।
अस्पतालको सभाकक्षमा आयोजित कार्यक्रमका बीच रुगंटाले नि.मेडिकल सुपरिटेन्डेन्ट डा.सुरेन्द्र चौधरीलाई एक सय थान कम्बल र एक सय थान बेड सिट प्रदान गरेका थिए ।
‘अस्पतालसँग सहकार्य गरि आवश्यक साम्रगी हस्तान्तरण गरेको हँु,’ रुगंटाले भने, ‘भविष्यमा पनि गरिब असहायका लागि निरन्तर सहयोग जारी राख्छु ।’
अस्पताललाई आवश्यक परेका सामग्री उपलब्ध गराइदिएकोमा अस्पताल प्रशासनले सभासद एवं उद्योगी रुगंटालाई आभार प्रकट गरेको थियो