नरेन्द्र महतो, गौशाला १६ माघ । महोत्तरी जिल्लाको सोनमा गाउँपालिका वडा न.४ खेश्राहामा रहेको श्री अधारभुत विधालयमा अध्यनरत छात्राहरुलाई सयनेटरी प्याड उपलब्ध नगराएको कारण प्रत्येक महीना महीनावारीको समयमा पढाई लेखाई बाट बन्चित हुने गरेका छ ।
सरकारले देश भरिका कक्षा ६ देखि १० सम्मका छात्राहरुलाई निः शुल्क प्याड वितरण गर्दै आईरहेको छ ।तर निःशुल गरिएको प्याड विधालयले उपलब्ध नगराएकोमा कक्षा ८ मा अध्यनरत छात्रा अनिता कुमारी यादव र चाँदनी कुमारी ठाकुरले गुनासो गरिन्।प्याड प्रयोग गर्ने छात्राहरुको संख्या ९० रहेका छन ।
प्याड समय समयमा माँग गरे पनि प्र. अ. ले आज भोलि गर्दा गर्दै समय विताईदिनु हुन्छ तर प्याडको व्यवस्था आज सम्म पनि नगरेको छात्राहरुले एकै स्वरमा गुनासो गरिन। छात्राहरुको लागि प्याडको व्यवस्था गरे पनि अहिले सकेको कारण प्याड वितरण नगरेको विधालयका प्र। अ।लक्ष्मण यादवले स्वीकार गर्नु भयो । अब नियमित रुपमा प्याडको व्यवस्था गरि राख्ने प्.। अ. यादवले प्रतिबद्वता जनाए। विधालयमा विधार्थीको संख्या १०४१ भए पनि बुधवार सय जनाको उपस्थिती मात्र रहेको थियो तर सरकारले निर्णय गरेको कक्षा सम्मको वालवालिकालाई खाजा दिने गरेको यादवले जनाए ।
विधालयमा शिक्षकको अभाव भए पनि स्थाई शिक्षक र निजि श्रोताका शिक्षक, शिक्षिकाहरु समयमा आउने नगरेको वालिविकासका शिक्षीकाहरुले गुनासो गरिन । विधालयमा शौचाल्य भए पनि सफासुधार नगरेको कारण झिर्ण अबस्थामा रहेको थियो। यता सयनेटरी प्याड प्रत्येक विधालयमा वितरण गर्ने व्यवस्था गरेको भए पनि विधालयका प्र।अ। लिएर जाँदैन भने उसको जिम्मेवारी विधालयको प्र। अ।स्वम नै हुनेछ। तर सरकारले उपलब्ध गराएको निस् शुल्क समाग्रीहरुमा सोनमा गाउँपालिकाले कुनै किसिमको कन्जुसाई गर्ने छैन।
अब निकट भविष्यमा नै प्रत्येक विधालयमा अनुगमन गर्ने सोनमा गाउँपालिका वडा न। २ का वडा अध्यक्ष तथा प्रवक्ता अशोक कुमार यादवले जनाए ।