नरेन्द्र महतो,गौशाला १४ पुस । महोत्तरी जिल्लाको सम्सी गाउँपालिका स्थित शस्त्र प्रहरीको टोलिले गस्तिको समयमा सम्सी वाट गौशाला आउने बसलाई चेक जाँच गर्दा ६० किलो लहसुन नियन्त्रणमा लिएको शस्त्र वेस्क्याम्पका प्रहरी निरीक्षक नवराज पुडासैनिले जनाए।
भन्सार छलेर ल्याउदै गरेको लहसुन स। प्र। ना। नि। विश्वनाथ यादवको नेतृत्वमा खटिएको टोलिले जाँचको क्रममा पक्राउ गरेका छन ।लवारिस अबस्थामा रहेको लहसुनलाई जिल्ला भन्सार कार्यालय जलेश्वर पठाईएको पुडासैनिले बताए ।
खुल्ला सिमाना भएको कारण भन्सार बाटो नल्याएर चौरको बाटो बाट ल्याने गरेका छन यसमा पनि अहिले सरस्वती माताको पुजा नजिक भएको कारण समानहरु वढि ल्याउँदै गरेको छ ।
आफ्नो घरमा प्रयोग गर्नको लागि ल्याईएको समानलाई छुट दिएका छौ तर व्यापारको दृष्टिकोण वाट ल्याउँदै गरेको विना भन्सारको समानलाई कडाईका साथ जाँच गरेको उनले वताए ।