नरेन्द्र महतो र गौशाला वजार १४ पुस । महोत्तरी जिल्लाको गौशाला वजार दोस्रो स्थान वाट तेस्रो स्थानमा झरेको छ ।पहिलो स्थानमा जलेश्वर र दोस्रो स्थानमा गौशाला र तेस्रो स्थानमा वर्दीवास रहेको थियो तर राजनितिक दलको सोचको अनुसार तल झरेको छ र अहिले विकासको दृष्टिकोणले वर्दीवास पहिलो ,जलेश्वर दोस्रो र गौशाला तेस्रो स्थानमा रहेको छ ।
जलेश्वरमा सरकारि कार्यालय वढि भएको कारण दोस्रो स्थानमा रहेको जलेश्वरका स्थानियवासिहरुले बताए ।वर्दीवासमा विकास र केही सरकारी कार्यालय भएको कारण अगाडि बढदै गईरहेको छ ,वजार ,सडक ,नाला,दिनहुँ सफा सुधर तथा वजार व्यवस्थापनको कारण दिन प्रति दिन फरको मारिरहेको वर्दीवास उधोग वाणिज्य संघले जनाए ।
विकासको काममा कसै सँग सम्झौता हुुँदैन विकासको काममा र व्यापारीहरु लागि वजार सफा सुधर हुनको लागि न। पा।सँग सहकार्य गरेर अगाडि वढदै गई रहेको छ र निकट भविष्यमा मेडिकल कालेज पनि बन्ने संघले जनाए ।तर गौशाला वजारमा त्यस्तो देखिएन, वजारको नाला झिर्ण अवस्थामा रहेको कारण सहयोगि विकास बैंक भन्दा पशिचम,जल्पा मन्दिर अगाडि र एन आई सि बैंकको अगाडि झिर्ण अवस्थामा रहेको नालाको कारण फोहर पानी विच सडक बगेर दुर्गन्धित बन्दै गईरहेका छन ।
हाम्रो गौशाला राम्रो गौशाला र सुन्दर गौशालाको नारा सादा कागज र मुख सम्म मात्र सिमित रहेको गौशालाका स्थानिय उपेन्द्र साहले बताए ।वजारमा रहेको नाला वर्ष भरिमा सफा सुधर नभएको कारण बजार चौउतर्फि रुपमा दुरगन्धित बन्दै गईरहेको छ ।
पुल चौकमा रहेको बाटो घाटो महिनामा पनि सफा हुँदैन यहाँका व्यापारिहरु आ आफै सफा सुधर गर्नु हुनुहुन्छ ।यहाँका स्थानिय मिडियाहरुले गौशाला वजार यति फोहरमय बन्दै गईरहेको भए पनि कहिले पनि समाचार वजाउँदैन तर गाउँ घर एउटा सधारण कुनै घटना हुन्छ भने भर दिन कराउ छन तर गौशाला वजार अस्त व्यस्त भए पनि कहिल्यै समाचार वजाईएको सुन्दैन साहले गुनासो गरे। यहाँ मिडियाहरु स्वतत्र नभएर पार्टिहरुको रहेको साहले आरोप लगाए ।
चुनावको समयमा ईमान्दार प्रतिनिधिलाई मत नदिएको कारण गौशाला वजारको अवस्था अस्त व्यस्त बन्दै गईरहेको स्थानियहरुको भनाई छ ।