प्रदिप सिंह लहान ९ माघ ।सिरहाको धनगढीमाई नगरपालिका ९ स्थित बिशेष सुचनाको अधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले बुधबार ७:३० बजेको समयमा प्रहरी टोलिले लागूऔषधसहित दुई जना युवा लाई प्रहरीले पक्राउ गरेका छन ।
गस्ती प्रहरीले टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको स.७प.१२८२ नम्बरको मोटरसाइकल लाई चेक जाँच गर्ने क्रममा प्लाष्टिकको बोरामा लुपाई छिपाई ल्याईरहेको अबस्थामा प्रतिबनध लागुऔषध १४.५ केजी गाँजा मोटरसाइकल सहित सिरहा जिल्लाको विष्णुपुर गाउँपालिका ५ बस्ने वर्ष २९ को सुनिल कुमार पासवान र मोटरसाइकलमा पछाडि सवार गरेको धनगढीमाई नगरपालिका ८ बस्ने बर्ष २४ को महेन्द्र साह र मोटरसाइकल समेतलाई लागुऔषध गाँजा १४. ५ केजी सहित सुनिल कुमार पासवान र महेन्द्र साह लाई प्रहरीले पक्राउ गरेको छ ।