विराटनगर ६ माघ । गत पुस २५ गतेबाट पुल मर्मत गर्ने भन्दै भारतले जोगवनी नाका बन्द गरेपछि आयात मात्रै नभई निर्यातमा पनि समस्या भएको छ । नेपाली उद्योगले उत्पादन गरेका वस्तु भारतसहित तेस्रो मुलुकमा निकासी गर्न नपाएको उद्योगी बताउँछन् ।
‘आयातमा त धेरै झण्झट खेप्नु परेको छ, भारतबाट सामान ल्याउन पाएको छैन, ‘विराटनगरका उद्योगी अमित शारडाले भने,’ पहिलेको कच्चा पदार्थबाट उत्पादीत सामान पनि बिक्री गर्न नपाइ गोदाम गरेर राख्नु परेको छ ।’ जुटबाट उत्पादित सामान सहित तेललगायतका तयारी वस्तु विराटनगर भन्सार हुँदै जोगवनी नाकाबाट भारत निर्यात हुन्छ।
मोरङ-सुनसरी औद्योगीक क्षेत्रमा खुलेका उद्योगको उत्पादन नेपालसहित भारतीय बजारमा पुग्छ । त्यसमा पनि जुटबाट उत्पादन गरेका सबै वस्तु भारत निकासी गर्दै आएको व्यवसायी बताउँछन् । पुल मर्मत पूर्व ल्याएका कच्चा पदार्थबाट उत्पादन भएर भारत निकासी गर्ने अधिकांश वस्तु गोदाम गरेको र पुल सञ्चालन भएपछि निर्यात गर्ने तयारीमा रहेको विपिन काबरा बताउँछन् ।
‘हाम्रो तेल उद्योगमा त धेरै समस्या थपिएको छ, भारतको नीतिले पाम तेल त रोक्यो नै अन्य सामान पनि निकासी गर्न पाएका छैनौँ, उद्योगी काबाराले भने, ‘पुलको विकल्प नेपाल सरकारले नखोज्दा र भारतले अन्य स्थानबाट निकासीमा अनुमति नदिँदा उत्पादित सामान बेच्च पाइएन ।’
भारतले पुल मर्मत सुरु गरेर आयात निर्यातमा जोगवनीको बाटो बन्द गरे पनि अन्य नाकाबाट रि-रुट नदिँदा आयात निर्यात दुबै प्रभावित बनेको हो । भारत बाहेक तेस्रो मुलुकबाट आयातित सामानलाई मात्रै अन्य नाकाका लागि अनुमति दिए पनि निर्यातमा अर्को नाका हुँदै मीरगञ्ज पुल पारीको क्षेत्रमा पुग्न भारतको अनुमती छैन । अन्नपुर्ण पोष्टबाट