शम्भु चौधरी लहान २५ पुस । साना किसान कृषि सहकारी संस्था लि.धनगढीमाई नगर पालिका १ भवानीपुर प्रध को १० औं वार्षिक सधारण सभा शुक्रबार सम्पन्न भएको छ ।
धनगढीमाई नगरपालिकाका नगर प्रमुख हरी नारायण चौधरीको प्रमुख आतिथ्यमा सो सभा सम्पन्न भएको हो । प्रमुख आतिथ्यको आसनबाट बोल्दै चौधरीले भने सहकारीमा सम्पुर्ण कार्ययोजनाहरुको कार्यान्वयन गर्नु अति आवश्यक हुन्छ कार्य योजनाहरु सहि समयमा कार्यान्वयन हुदैन भने सहकारी विखण्डन तिर जाने सम्भावना हुन्छ ।
कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन सहकारीका अध्यक्ष मागैन महतोले प्रस्तुत गर्नु भएको थियो । आ व २०७५।७६ को आर्थिक प्रतिवेदन सहकारीका प्रबन्धक गिता चौधरीले प्रस्तुत गर्नु भएको थियो । सहकारी अन्तर्गत रहेका उप समितिहरुले पनि आ आफनो प्रतिवेदनहरु प्रस्तुत गर्नु भएको थियो ।
यस सहकारीमा आवद्ध सब भन्दा बढी शेयर खरीद गर्ने ३ जना, जेष्ठ सदस्य ३ जना र कृषिमा ऋण लिई उत्कृष्ट गर्न सफल ३ जना गरी जम्मा ९ जनालाई पुरस्कृत पनि गरेको सहकारीका अध्यक्ष महतोले बताएका छन ।
सहकारीका अध्यक्ष मागैन महतोको अध्यक्षतामा सम्पन्न सभामा वडा १ का वडा अध्यक्ष सुर्य नारायण महतो,विभिन्न राजनिति दलका प्रतिनिधिहरु,विभिन्न संघ संस्था तथा सहकारीका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।