नरेन्द्र महतो । गौशाला महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा न ३ स्थित जनता अधारभुत विधालय नवराजपुरमा नयाँ वर्ष २०२० मनाउने क्रममा मदीरा पार्टी गरेको खबर बाहिर आए पछि गौशाला नगरपालिकाको ध्यान आकार्षण भए पछि कानुनि प्रक्रिया अगाडि बढाएको छ ।
यसै साता भित्र नगर शिक्षा समितिको बैठक बसि मदीरा भोजमा समाबेश भएको शिक्षक शिक्षिकाहरुलाई स्थानिय शिक्षा ऐन अनुसार कर्वाई गरिने जनाईएका छन । सर्वजानिक विदाको दिन विद्वयाको पवित्र स्थलमा मदिरा पार्टि गरिएको भन्दै नगरपालिकाले भोजमा समाबेश भएकाहरुलाई कानुन अनुसार कर्वाई गरिने निर्णय भएको गौशाला शिक्षा शाखाले जनाईएका छन। उक्त घटना वाहिर आए लगतै नगर प्रमुख शिवनाथ महतोले एक्सनमा आउनु भएका छन म शिक्षाको वारेमा दिन रात सोचे पनि शिक्षकहरु बाट जनाजानि भएको घटनालाई कदापि माफि दिने खालका नभएको महतोले वताईएको छ र कानुन अनुसार कर्वाई गरिने प्रतिवद्वता पनि व्यक्त गरे।
त्यस्तै वडा कार्यालय भन्दा पाँच सय मिटर दुरिमा रहेको विधालयमा मदीरा भोज भात भएको आफुलाई जानकारि नभएको वडा अध्यक्ष वीरेन्द्र चौधरीले वताए । यस्तो कार्य गरेकोमा कुनै शिक्षक, शिक्षिकाहरु आफ्नो तर्फ वाट साहन भुति हुने छैन शिक्षा ऐन अनुसार कर्वाईको भागि बन्नु पर्छ चौधरीले भन्ने। आफ्नो मन नभएको भए पनि शिक्षकहरुको दवावको कारण विधालय परिसरमा नयाँ वर्षको पार्टी गर्न बाध्य भएका विधालयका प्र. अ. वशीधर साहले बताए छन।
आफु नियमित अनुगमन गर्दै आएको भए पनि आफुलाई विधालयमा भोज भात हुन्छ भने कसैले जानकारि नगराएको विधालय व्यवस्थापन समितिका अध्यक्ष बिल्टु महतोले बताएका छन । गौशाला नगरपालिकाले शिक्षामा सुधार ल्याउनको लागि दिन रात प्रयास गरे पनि शिक्षकहरु बाटै नै अवरोध हुने गरेको महतोको भनाई थियो ।