पर्ख ए जिन्दगि यहाँ तिम्रो कथा लेखिन्दैछ,
पर्ख न ए जिन्दगि यहाँ मनभरिको पिडा साटिन्दैछ !
एउटा प्रिय चाद गयो अध्यारोमा बिलायर,
नझुल्किनु सुर्य पनि पापि सन्सार देखायर!
यो आखाले नभेटिने सपना देखाउदैछ।
पर्ख न ए जिन्दगि यहाँ मनभरिको पिडा साटिन्दैछ।
तारा झर्यो अधेरिमा रात सङै हराएछ,
आशु थियो शित बनि बिहानि मै बिलाएछ,
निदरिमा टुटेको सपनाहरुआशु बनि देखिन्दैछ।
पर्ख ए जिन्दगि यहाँ मनभरिको पिडा साटिन्दैछ।
सपनाहरु बिथोलियो मध्यरातको त्यो साथमा,
सपनाको चित्कारहरु बहलिन्छ एकहोरो यो बतासमा!
यात्राहरु चौबाटोमा मिसिएको देखिन्दैछ,
पर्ख न ए जिन्दगि यहाँ तिम्रो गला रेटिन्दैछ।
यि शब्दहरुको साथ पनि नछुटियोस जस्तो लाग्छ,
यि साथको बात पनि नटुङ्गियोस जस्तो लाग्छ।
जिन्दगानि नटुङ्गिने बाटो जस्तै देखिन्दैछ,
पर्ख न ए जिन्दगि यहाँ तिम्रो कथा लेखिन्दैछ,
कथा लेखिन्दैछ।
वान्तवा विभूति