हे , प्रिय मान्छेहरु हो
अब पनि बुझ
देश के हो
समाज के हो
सेवा के हो
सुविधा के हो
अनि नेता के हो
सता के हो
शक्ति के हो
अनि भक्ति के हो
जव तिमी यो कुरा बुझ्दैन
तिमीलाई अधिकार भेट्दैन
अनि अन्धकार बुझ्दैनौ ।
त्यसैले,
हे , प्रिय मान्छेहरु हो
अब पनि बुझ देश र दुनियाँ
कहिलेसम्म अर्काको दैलो चहार्ने
कहिलेसम्म अर्काको देश धाउने
आफ्नै देशको कथा र ब्यथा बुझ
र, यहाँका असल शासक चुन
समाजमै असल बाटो उन
न त प्रिय मान्छे बन्नुको अर्थ छैन
प्रिय मान्छे भन्नुको अर्थ छैन
हे , प्रिय मान्छेहरु हो
तिमी प्रिय बन,अप्रिय नबन ।
(२०७६।८।८ विरासत)