राजेश राम १२ पुस । सिराहाको मिर्चैयामा मुक्तिनाथ विकास बैंकले ५० विपन्न गरिब तथा दलित घरपरिवारलाई जाडोको न्यानो कमल वितरण गरेको छ ।
तराई मधेसमा यतिबेला निकै चिसो बढेको कारण मिर्चैया नगरपालिका वाडा न. ८ मझौवा र वाडा न ४ का अतिविपन्न मुसहर समुदाय तथा अपाङ्गता भएका व्यक्तिलाई जाडोको न्यानो कमल वितरण गरेको मुक्तिनाथ विकास बैंक मिर्चैया शाखाका प्रबन्धक अरुणकुमार महतोले जानकारी दिनुभएको छ ।
वितरणमा सहजिकरण गर्न बैंकका सबै कर्मचारी तथा समाजसेवी रामबाबु पटेल, राजकुमार मंडल, जितु महतो, देव पटेल लगायतको उपस्थिति रहेको प्रबन्धक महतोले बताए ।