काठमाडौं, ६ पुस । एक वर्षमा ३६५ दिन हुन्छ । त्यस ३६५ दिनभित्र सूर्य चन्द्रमा लगायत सबै ९ ग्रहले आफ्नै समय अनुसारले सौर्य मण्डलमा परिक्रमा गरिरहेको हुन्छ।
त्यसअन्तर्गत विशेष गरी अहिले चलन चल्तीको दिन तथा गतेहरु सूर्यको गतिलाई आधार मानेर निर्धारण भएका हुन्छन् ।
आज यस वर्षको सबैभन्दा छोटो दिन र लामो रात परेको छ। आज बिहान ६ बजेर ५१ मिनेटमा उदाएको सूर्य बेलुकी ५ बजेर १४ मिनेटमा अस्ताउनेछ ।
वर्ष दिन भरिमा पर्ने दिनहरु मध्ये जाडोयाममा छोटा दिनहरु हुन्छन् भने गर्मी महिनामा लामो दिन हुन्छन् । पृथ्वीको उत्तरी खण्डमा सबैभन्दा छोटो दिन आज परेको हो । दक्षिणी खण्डमा भने यही समय वर्षको सबैभन्दा लामो दिन र छोटो रात हुने छ।
यसवर्ष असार ६ गते वर्षकै लामो दिन भएको थियो भने आज अर्थात पुस ६ गते सबै भन्दा छोटो दिन परेको छ ।
आज (आइतबार) को दिन पृथ्वीमा सूर्यको प्रकाश सबैभन्दा थोरै समयको लागि पर्ने गर्दछ । आज बिहान सूर्योदय देखि सूर्यअस्तसम्म वर्षका ३६५ दिन मध्य आजकै दिन छोटो समय मात्र पृथ्वी उज्यालो हुने गर्दछ ।
आजको दिनदेखि अब आउने दिनहरुमा दिनहरु बिस्तारै लामो हुने गर्दछन् । यो क्रम तबसम्म चलिरहन्छ जबसम्म सबै भन्दा लामो दिन फेरी आउदैन र त्यो दिनपछि फेरी दिनहरु छोटो हुन थाल्छन् ।दैनिक नेपालबाट