प्रदिप सिंह सिरहा ४ पुस/ सिरहाको गोलबजार नगरपालिका वडा नम्बर ४ अवस्थित शुक्रवार अतिथि सदनमा एक कार्यक्रममा स्वस्थ्य जिवनयापनका लागि खानपिनमा सुधार गरेमा मानवको आयु सयौं बर्ष सम्म बाच्न सकिने प्रदेश नम्बर २ का उधोग पर्यटन बन तथा वातावरण मन्त्री राम नरेश राय यादबले भनिन् जडिबुटी तथा अर्गानिक उत्पादनमा जोड दिनु अाग्रह गरेका छन।
मन्त्री यादब सुभकामना मन्तब्य को क्रममा बोलेन प्रकृति संग मेलखाने कुरा खाएमा शारीरिक र मानसिक दुबै रुपमा मानिस स्वास्थ रहने भएकाले जडिबुटी र फलफूल जस्ता खेेनेकुराहरुमा जोड दिनु किसानहरुलाई उनले बताए। त्यसतै शुक्रबार सिरहा जिल्लाको गोलबजारमा माटो र आमाको स्वास्थ्य सुधार अभियानको तिब्रता गर्दै भान्सा नै औषधालय विषयमा दुई दिने प्रशिक्षण तथा अधिबेशन कार्यक्रममा बोल्दै मन्त्री यादवले भने हाम्रो मुलुक प्राकृतिक रुपले धनी देश हो ´ हाम्रो मुलुकमा धेरै प्रकारका जडिबुटी भएकोले जडिबुटी संरक्षण गर्न प्रदेश सरकार पछि नपर्ने बताए ।
प्रदेश नम्बर- २ का कृषि मन्त्रालय सङ्ग सहकार्य गरेर किसान हरुकालागी जडिबुटी खेतीमा जोड दिन विभिन्न खालका कार्यक्रमहरुको प्याकेज मन्त्रालयले ल्याउने उनले दाबी गरे । अर्को प्रसङ्गमा उनले भने ` माटोको क्षमता बढाउनका लागि रासायनिक मलको प्रयोग निशेध गर्नु पर्ने र आर्गानिक मलमा जोड दिन किसानहरुलाई आग्रह गरे ।
माटो जिबनको आधार हो , वायु प्राण भएकाले माटो र बायुलाई संरक्षण गर्नका लागी एक जनाले कम्तीमा ५ वटा रुख रोप्न उनले सबैमा आग्रह गरे ।
वस्तु तथा सेवा उपभोक्ता संरक्षण महासंघ नेपाल जिल्ला संगठन विस्तार कर्यसमिती सिरहाको आयोजनामा भएको कार्यक्रममा महासंघका केन्द्रिय अध्यक्ष थियो र यस कार्यक्रममा सहभागी भएका पत्रकार नयाँ पत्रिका को मनिला बिश्वकर्मा ,नेपाल पोस्ट दैनिक को प्रधान सम्पादक महेश सिंह, शम्भु चौधरी , प्रदिप सिंह ,अनिल चौधरी , अनुभक्त चौधरी, रेडियो संरगम ९३मेगाहर्ज को स्थापक फिरोज सेख र रेडियो नेपालको सञ्चारकर्मी सञ्जय बिश्वकर्मा लगायतका सिरहा जिल्लाको अन्य सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो।