नरेन्द्र महतो गौशाला ४ पुस । महोत्तरी जिल्लाको सोनमा गाउँपालिका वडा न. ३ स्थित खखना मा. वि. मा बृहत् निःशुल्क स्वास्थ्य शिविर नेपाली सेना द्वारा शुक्रवार देखि संचालन भएको छ यो शिविर २०७६ मंसिर २७ गते देखि शुक्रवार देखि शुरु भई पुस ५ गते सम्म संचालनमा रहने छन ।
सिविर मुटु रोग, स्त्रीरोग, बाल रोग,नाक ,कान ,घाँटी, छाला रोग, दाँत रोग लगायत प्याथोलोजि सेवा, भिडियो एक्सरेको सुविधा रहेको छ साथै पित्तथलि सम्बन्धि पत्थरी, पिसाव थैलि तथा किडनि मृगौलाको पत्थरी,नाक कान तथा घाँटी,हर्निया ,हाड्रोसिल एवम,बाबासिर,पाठेघर तथा स्तन ,एपेन्डिक्सको अप्रेसन लगायत अन्य अप्रेसनहरु गरिने सेना नविन कुमरले जानकारि दिनु भएको छ ।
यहाँ ईमर्जेन्सी विरामिहरुको लागि दुई वटा एम्वुलेन्स तयारि अवस्थामा रहेको जनाईएका छन र १ करोड ७० लाख खर्च हुने अनुमान गरिएको सोनमा गाउँपालिका का प्रवक्ता अशोक कुमार यादवले बताए जसमा स्वास्थ्य मंत्रलाय वाट सत्तर लाख, विसलाख पुर्व स्वास्थय राज्य मंत्रि सुरेन्द्र कुमार यादवको संसदिय कोटा बाट र वाँकि रकम सोनमा ,गौशाला, औरही,रामोपाल पुर तथा सम्सी गाउँपालिका तथा नगरपालिका बाट सहयोग हुने प्रवक्ता यादवले जानकारि दिनु भयो।
यो सिविरमा सबै प्रकारको सेवा सुविधा प्रदान गरिने पुर्व स्वास्थय राज्य मंत्रि तथा क्षेत्र न. ४ संसद डा। यादवले वताएका छन ।