आरोहण शाह वीरगंञ्ज,३० मङ्सिर वीरगंञ्ज लाईभको तेश्रो संस्करणमा आज पत्रकार ऋषि धमलाको प्रस्तुती रहेको छ । वातावरण जिउने आधार नामक संस्थाले आज शानिवर वीरगंञ्ज लाइभले तेश्रो संस्करण गरेको हो । वीरगञ्जस्थित नगरसभा गृहमा भएको कार्यक्रममा सञ्चारकर्मी ऋषि धमलाले आफ्नो प्रस्तुती राख्नु भएको थियो ।
कार्यक्रममा बोल्दै पत्रकार ऋषि धमलाले देश निर्माण कार्यमा वीरगञ्जवासीको स्मणरीय योगदान रहेको बताउनु भयो । उहाँले नेपाली काँग्रेसका नेता पूर्वप्रधानमन्त्री स्व. कृष्ण प्रसाद भट्टराईले यहीँ पर्सा क्षेत्र नं. १ बाट निर्वाचन जितेर पहिलो पटक प्रधानमन्त्री बनेको स्मरण गराउनु भयो । र अब को विकाशमा यवाको साथ चहिन्न छ ।
पत्रकार धमलाले मुलुकमा लोकतन्त्र ल्याउँदादेखि संघीयता कार्यान्वयन गराउन यहाँका जनताले आफ्नो आहुति दिएको बताउनुभयो । सो मोटिभेसनल सेमिनार कार्यक्रममा डाटा संकलन गर्ने साउथ एसियाकै तेस्रो स्थानमा पर्ने संस्थाको सिइओ मनिष झा, जनता जान्न चाहन्छ टिभी कार्यक्रमका संचालन गर्ने पत्रकार ऋषी धमला, काठमाण्डौंबाट मेयर पदमा चुनाव लडेकी युवा नेतृ रन्जु दर्शना, वीरगंज पब्लिक कलेजका प्रबन्ध निर्देशक डा. दिपक शाक्य, नेपाली कांग्रेसका पूर्व सांसद एवं उद्योग व्यवसायमा नाम कमाएका अनिल रुंगटा लगायतले मोटिभेसनल कार्यक्रममा मोटिभेट गरेका छन् ।