शम्भु चौधरी लहान २८ मंसिर । हाम्रा पार्टीले जारी गरेको म्यानुफेकचरको माईनडेड अनुसार नब्बे प्रतिशत काम आफना कार्यकालमा सकाउने लहान नगरपालिका नगर प्रमुख मुनि साहले बताएका छन ।
लहानमा भएको दुई दिने पत्रकारीता तालिमको अन्तिम दिनमा तालिममा सहभागी भएका पत्रकारहरुलाई सम्बोधन गर्दै यस्तो बताएका हुन ।
सम्बोधनकै क्रममा वहाँले भनु भयो पत्रकार समाजको एना हो हामी सबैको सम्वाहक पनि हो तर यहाँ केही फेक पत्रकारहरुले मेरा बारेमा नाना थरीको कुहरु लख्ने गरेको पाईएको छ र मलाई केही फरक परेको छैन तर त्यस्ता पत्रकार साथीहरुलाई म के भन चाहन्छु भने तपाईको लेख्ने काम हो लेख्नुस तर यथार्त के हो त्यो पनि बुझेर लेखदिदा राम्रो हुन्थ्यो कि भने जिकिर गरेका थिए ।
लहान नगरपालिका नेपालकै सबभन्दा ठुलो नगरपालिका हो यहाँका जनसंख्या र भुगोल पनि ठुलो रहेका छ । लहानको भिजन मिसन पुरै साफ छ यहाँ भएका विकासको कामहरु सबैको सामु छरलंग छ । नगरका ७० देखि ८० प्रतिशत बजेट विकासको काममा लगाएका छौ । यहि आउदो पुस ३ गते देखि नयाँ बसपार्कलाई संचालनमा ल्याउदै छौ । सम्बोधनकै क्रममा फोहर व्यवस्थापनको कुरा, मेन चोकको साईडमा रहेको फलफुलको टहराहरुको १५ दिन भित्र व्यवस्थापन गर्ने, कृषि लगायत उचित डल नहरको व्यवस्थापनमा लागेको र हवाई फिल्डको बनाउने समेत काम अगाडी बढाईरहेको कुरा कार्याक्रममा नगर प्रमुख साहले अवगत गराउनु भयो ।