शम्भु चौधरी लहान २८ मंसिर । शुक्रबार साझदेखि भएको सिमसिमे बेमौसमी वर्षाले गर्दा किसानहरुमा खुसयाली छाएका छन ।
सिमसिमे वर्षाले सबभन्दा बढी फाईदा दलहन बालिमा भएको धनगढीमाई नगरपालिका १ बाखरका किसान गर्भु महताले बताए । किसन महतोले अगाडी थपदै भन्ुु भयो अहिलकोे वर्षाले खासै कुनै बालिलाई खराबी गरेकोछैन केही दलहन बालिलाई र केही अन्नबालिलाई सिंचित गर्ने बेला थियो । बरु दलहन बालिमा मसुरो, अलस,बदाम र अन्नबालिमा गहु र आलुलाई रामै गरेको र लाग्छ यस पालि दलहन राम्रै उबजनी दिने वहाँ जिकिर गरे ।
तर लहान नगरपालिका १ की अर्की किसान सचिता सिंहले उल्टो प्रतिक्रिया दिएकी छिन । यो वर्षाले बालि नालीलाई त रामै्र भएको छ तर वर्षाले गर्दा जाडो बढेको छ । जाडोले गर्दा बालबालिहरु र बुढाबुढीहरुमा समस्या आएको उनले बताईन । जाडो बढे पछि बालबालिकाहरुमा विभिन्न किसिमका बिरामीका लक्षणहरु देखा पर्ने गर्दछ ।
साथै वषौ गर्दा बजारमा तरकारी मुल्यमा समेत बृद्धि भएको किसान सिंहले प्रतिक्रिया दिईन ।