शम्भु चौधरी लहान २७ मंसिर । २०७६ कार्तिक महिनाको २० गते साझ करीब ६ बजेको समयमा अन्दाजी वर्ष ४० को राज कुमार यादवको हत्या गरी फरार रहेका प्रतिवादी एक महिना पछि प्रहरीको सक्रियतामा पक्राउ परेका छन ।
सिरहा नगरपालिका १२ सारस्वर गम्हरीया स्थित कमला खोलाको बाँधमा यादवलाई ल्याई खुकुरीले घाँटी काटी फालेर भागेका थिए । फरार प्रतिवादीलाई मिति २०७६ कार्तिक महिनाको २६ गते जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएका प्रहरीको टोलिले खोज तलास गर्ने क्रममा नन्दु भने राम प्रसाद महरालाई पक्राउ गरेको हो ।
पक्राउ परेको महरालाई जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई थप अनुसंधान भई रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख तथा एस पि उमा प्रसाद चर्तुवेदीले जानकारी दिनु भएको छ ।