शम्भु चौधरी सिरहा २७ मंसिर । सिरहाको लहानमा पत्रकारहरुलाई सुशासन र विकासलाई समेटी पत्रकारिता क्षेत्रलाई कसरी अगाडी बढने सो सम्बनिध दुई दिने तालिम सम्पन्न भएको छ । तालिममा सिरहा,सप्तरी उदयपुर र सर्लाही गरी चार जिल्लाका पत्रकारहरुलाई समावेस गरि यो कार्यक्रमको आयोजना गरेको आयोजकले बताएका छन ।
तालिममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य देव कुमार यादवले उद्घाटन गर्नु भएको थियो । तालिमको उदघाटन गर्दै प्रमुख अतिथिबाट यादवले भने पत्रकारले समाचार लेख्दा सत्य
तथ्यमा आधारित रहेर समाचार लेख्नु पर्ने बताउँदै स्वच्छ र निष्पक्ष पत्रकारीता गर्न तालिममा सहभमगी पत्रकाहरुलाई सुझाब दिनुभएको थियो ।
नेपाल पत्रकार महासंघ सिरहाका सभापति दिनेश्वर प्रसाद गुप्ताको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । राष्ट्रिय संचार विकास केन्द्रको आयोजना, नेपाल पत्रकार शाखा सिरहाको समन्वय तथा अस्ट्रेलीयन एडको सहयोगमामा २ दिने सुशासन तथा विकास केन्द्रित पत्रकारिता तालिम सम्पन्न भएको हो ।
तालिममा जम्मा २६ जना महिला, पुरुष पत्रकारहरुको सहभगिता रहेको थियो । तालिमका प्रशिक्षकको रुपमा रामकृष्ण रेग्मी , श्रीराम सिंह बस्नेत ,विष्णु शर्मा पराजुलीले सहजीकरण गर्नुभएको हो । कार्यक्रमको उदघाटन सत्रको संचालन शाखाकी उपाध्यक्ष रिंकु दासले गर्नु भएको आयोजकले जानकारी दिनु भयो ।