काठमाडौँ १९ मंसिर ।– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सीमा समस्या समाधानका लागि अहिले नै अन्तर्राष्ट्रियकरण गर्ने बेला नभएको बताएका छन् ।
उनले समस्या समाधान गर्ने उत्तम विकल्प कुटनीतिक र राजनीतिक माध्यम नै भएको दावी गर्दै कुटनीतिक र राजनीतिक माध्यमबाट सम्भव नभएको खण्डमा मात्रै अन्तर्राष्ट्रियकरण गर्ने बाटोमा जान सकिने बताएका हुन् ।
‘हामीले पहिला राजनीतिक र कुटनीतिक पहल गरेर संवादबाट यो समस्या समाधान गर्ने कोसिस गर्नुपर्छ । अहिले सुरुमै अन्तर्राष्ट्रियकरण गर्ने भन्यो भने झन् जटिल हुनसक्छ । त्यो चरण अहिले होइन,’ अध्यक्ष प्रचण्डको भनाइ छ । उनले कुटनीतिक र राजनीतिक तवरमा पहल गर्दा भएन भने पछि के गर्न सकिन्छ भन्ने सोच्न सकिने भन्दै उनले आफ्नो देशको भूमि फिर्ता गर्न जस्तोसुकै कदम चाल्न सक्नुपर्ने पनि बताए ।
उनले समस्या समाधान गर्ने उत्तम विकल्प कुटनीतिक र राजनीतिक माध्यम नै भएको दावी गर्दै कुटनीतिक र राजनीतिक माध्यमबाट सम्भव नभएको खण्डमा मात्रै अन्तर्राष्ट्रियकरण गर्ने बाटोमा जान सकिने बताएका हुन् ।
‘हामीले पहिला राजनीतिक र कुटनीतिक पहल गरेर संवादबाट यो समस्या समाधान गर्ने कोसिस गर्नुपर्छ । अहिले सुरुमै अन्तर्राष्ट्रियकरण गर्ने भन्यो भने झन् जटिल हुनसक्छ । त्यो चरण अहिले होइन,’ अध्यक्ष प्रचण्डको भनाइ छ । उनले कुटनीतिक र राजनीतिक तवरमा पहल गर्दा भएन भने पछि के गर्न सकिन्छ भन्ने सोच्न सकिने भन्दै उनले आफ्नो देशको भूमि फिर्ता गर्न जस्तोसुकै कदम चाल्न सक्नुपर्ने पनि बताए । रातोपाटिबाट