काठमाडौं १८ मंसिर । बाराकाे गढीमाई मेलाबाट श्रद्धालु लिएर फर्किदै गरेको भ्यान दुर्घटना हुदा महोत्तरीको बर्दिबासमा दुईजनाको ज्यान गएको छ ।
घाइते दुवैजनाको शुभ स्वस्तिक हस्पिटल बर्दिबासमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा १४ जना घाइते भएका छन् । चारजनाको अवस्था गम्भीर छ।
धनुषाको धनुषाधाम नगरपालिका ३ का ८० वर्षीय सुन्ताला देवी साह र भारतको बिहार जयनगर चितैयाकी ६५ वर्षीया बरतीया देवी महतोको ज्यान गएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी निशान थापाले जनाए । पूर्व(पश्चिम राजमार्ग्स्थित बर्दिबास-५ को जंगल क्षेत्रमा बुधबार बिहान पाँच बजेतिर दुर्घटना भएको हो।
विपरित दिशाबाट आइरहेको ट्रकलाई साइड दिने क्रममा ना ५ च १२२७ पिकप दुर्घटनामा भएको हो । चारजना गम्भीर घाइतेलाई बर्दिबासबाट थप उपचारको लागि धरान पठाएको छ । दैनिक नेपालबाट