राधेश्याम राम÷सप्तरी कडरबोना ,सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका वडा नं.६ कडरबोना बजार स्थीत भव्यताका साथ लागिरहेको हिन्दु समुदायको महान आस्थाका पर्व विवाह पञ्चमीको शुभ अवसरमा सुरक्षा अवस्था कडा बनाईएको छ ।
ईलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरिक्षक रामराजा केशरीको नेतृत्वको टोली सुरक्षा अवस्थालाई कडा बनाईएको छ ।
युवा प्रहरी निरिक्षक केशरीका अनुसार हजारौको संख्यमा आउने भक्तजन श्रद्धालुजनहरुको सुविधा तथा शान्तिकालागी सुरक्षा अवस्था सुढृढीकरण गरिरहेको वताँउनु भएको छ । निजले मादक पदार्थ विक्री वितरण गर्ने व्यवसायीहरुलाई साँझ सात भित्र विक्री वितरण बन्द गर्न समेत आग्रह गरेका छन भने, सवारी दुर्घटना वाट बचाउनकालागि चेकजाँच, पार्किगको व्यवस्था, सदा पोषाकमा प्रहरी, महिला प्रहरी समेत परिचालन गरेको छ भने आवागमनको लागि समेत फराकिलो गरेको जनाईएको छ । आवश्यक सुरक्षा योजना वनाएर प्रहरी खटिएको जनाईएको छ ।
एतिहासिक स्थल प्रदेश नं. २ को जनकपुर पछी दोश्रो ठुलो लाग्ने विवाह पञ्चमी मेलामा यस वर्ष करिव दश हजार भन्दा वढीको संख्यामा भक्तजन आउने मेलासमितिले अनुमान गरेको युवा समाजसेवी प्रमोद चौधरीले जानकारी गराउनु भएको छ । विवाह पञ्चमी मेलामा कनाईत पक्ष कडरबोना वासी, वरात (जन्ती) पक्ष सप्तरीकै खडक नगरपालिका कल्याणपुर वाट वराती र अमहा वाट रावण समेृत आउने गरेको चलन छ । कनाईत पक्षले वरातपक्षलाई हिन्दुधर्मको परम्परा अनुसार सिता संग रामको विवाह हुने र दुवै पक्ष विच सम्धी मिलन समेत गर्ने चलन अनुसार यस वर्षपनी कनाईत पक्ष बाट सम्धीको रुपमा सुरुङ्गा नगरपालिकाका नगरप्रमुख मु्क्तीनाथ चौधरी र बरातपक्ष वाट खडक नगरपालिकाका नगरप्रमुख हेमायुहकले सम्धी मिलन गर्ने कार्यक्रम तय भएको छ । साथै कल्याणुर वासीले (वरात) जन्ती बनेर आउदाँ मार्यादा समेत पाउने गरेका छन ।