झापा १३ मंसिर । दिउँसै जंगली हात्ती गाउँ पस्न थालेपछि झापाका अधिकांश क्षेत्र त्रसित बनेका छन् । बिहीबार मात्र एउटा सामुदायिक बनका चौकीदारलाई जंगली हात्तीले आक्रमण गरि मारेको छ।
कचनकबल गाउँपालिका-७ स्थित सामुदायिक वनका चौकीदार क्षेत्रीको हात्तीको आक्रमणबाट ज्यान गएको डिभिजन बन कार्यालय झापाका प्रमुख बिष्णुलाल घिमिरेले जानकारी दिए।
उक्त बन क्षेत्रमा गरिएको विद्युतीय घेराबेराको ढोका बन्द गर्न गएका वेला क्षेत्रीलाई जङ्गली हात्तीले आक्रमण गरेको थियो। जङ्गली हात्तीको आक्रमणबाट झापाको पाथीभरा सामुदायिक वनका चौकीदार कैयाराम क्षेत्रीको मृत्यु भएको हो।
विद्युतीय घेराबेराको ढोका लगाउन गएका ६२ वर्षीय क्षेत्रीलाई बिहीबार बेलुका ७ बजे हात्तीले आक्रमण गरेको थियो।मृतक क्षेत्रीलाई हात्तीले सुँढले बेरेर जङ्गल छेउबाट गाउँमा पुर्याएपछि स्थानीय बासिन्दाले घटना थाहा पाएका थिए ।