सिरहा लहानको मोबाइल व्यवसायीहरुले संचालन गरेको बम्पर उपहार कार्यक्रममा ३२ जनाले विभिन्न कम्पनीको मोबाइल तथा टिभी पुरस्कार पाएका छन् ।
गोलाप्रथाद्वारा छनौट गरिएको उक्त कार्यक्रममा लहानका हरेसर साह, सुलोचना चौधरी, शम्भुलाल चौधरी,रहिम खान,अजय चौधरी, रोहित चौधरी, शंकर खनाल, रामकृष्ण साह,मो. सावित, रुद्र नारायण चौधरी, शंकर पासवान, दिनेश चौधरी,मनोज यादव,नथर चौधरी, बिनोद महतो, त्रिभुवन चौधरी मौवाही, लालुप्रसाद यादव माधोपुर,सुनिता यादव राजविराज, अशोक राम महेसवारी,धनिलाल राम मलहनमा,रामप्रकाश मधुपट्टी, दिलेन्द्र कामैत भलुवाही,पिंकि यादव, सुमित्रा आले धनगढी, दिनेश कुमार महतो सिस्वा,सगुन राउत लछमीपुर,नेविया सदा सिराहा, धर्मराज यादव बारा, बालकृष्ण चौधरी कदमाहा,विजय कुमार कंचिरा, अशोक कुमार यादव सापुरले पुरस्कार पाएका छन् ।
लहानको रौनियार सेवासदनमा आयोजित बम्पर उपहार वितरण कार्यक्रमको अध्यक्षता जसिमशेखले गरेका थिए भने प्रमुख अतिथि लहान उधोग बाणिज्य संघका अध्यक्ष अशोकलाल आमात्यले गरेका थिए ।
यसैगरी अतिथिहरुमा संघमा आवद्ध मोवाइल व्यवसायीहरु त्यस्तै सिराहा पत्रकार महासंघको अध्यक्ष दिनेशप्रसाद गुप्ता, राजेश विद्रोही, समाचार दैनिकका पत्रकार आलोक यादव लगायतका थिए भने कार्यक्रमको संचालन एभरेष्ट मोवाइलका बिजय गुप्ताले गरेका थिए ।