महेश सिंह सिरहा ११मंसिर – सिरहाको सिमाबर्ती क्षेत्र नवराजपुर गाउँपालिका ३ फुलबरिया गाउँबाट आइतबार राती सिमा प्रहरी चौकी झझपटिबाट खटिएको टोलिले उक्त लागूऔषधसहित एक जना युवा लाई प्रहरीले पक्राउ गरेका छन ।
प्रहरीले चेक जाँच गर्ने क्रममा भारतीय बजारबाट अवैध लागुऔषध खरिद गरी लुकाई छिपाई गर्दै नेपाल भित्रीयाई रहेको अबस्थामा सखुवानन्कारकट्टि गाउँपालिका १ का रणधिर यादव को प्रतिबन्धित लागुऔषध ४६ बोतल डाइलेक्स डिसी सहित यादव लाई प्रहरीले पक्राउ गरेको छ् ।
पक्राउ परेका यादव लाई आबश्यक कार्बाही तथा थप अनुसन्धान को लागि ईलाका प्रहरी कार्यालय महेशपुर पतार मा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी अपिलराज बोहरा ले बताए ।