काठमाडौँ १० मंसिर । ‘कात्तिक ३० गते समाजवादी पार्टी सरकारबाट बाहिरिन्छ र मङ्सिर पहिलो हप्ता दुई पार्टीबीच एकताको घोषणा हुन्छ, तपाईं हेर्नुहोला,’ राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोले कात्तिकको पहिलो हप्ता रातोपाटीसँगको कुराकानीमा भनेका थिए । मङ्सिरको पहिलो हप्ता जसरी पनि एकीकरण हुने उनको ठोकुवा थियो ।
तर, न समाजवादी पार्टी सरकारबाट बाहिरियो न त मङ्सिर पहिलो हप्ता एकीकरण घोषणा नै भयो । उनको दाबी विपरित समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मन्त्रालय फेरेका छन् । मन्त्रालय फेरेपछि समाजवादी पार्टी तत्कालै सरकार छाड्ने पक्षमा नरहेको कुरा स्पष्ट भएको छ ।
संयोजक महतोले सञ्चारकर्मीसँग समाजवादी पार्टीले केन्द्रीय समितिको बैठकबाट एकताबारे निर्णय गरेर सरकार छाड्ने दाबी गरेका थिए । तर त्यस्तो केही भएन । समाजवादी पार्टीको संघीय परिषद् र केन्द्रीय समितिको बैठक सम्पन्न भयो । राजपा नेपालसँग एकीकरणको विषय बैठकमा एजेण्डा पनि बनेन । रातोपाटिबाट