सुनसरीको इटहरी क्षेत्रमा एकै महिनामा तीन वेवारिसे शव फेला परेका छन् । इलाका प्रहरी कार्यालय इटहरीले कार्तिक महिनामा बिभिन्न स्थानमा वेवारिसे अबस्थामा फेला परेका शवहरुलाई सनाखत गर्न सम्बन्धित परिवारलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।
कार्यालय इटहरीले एक सुचना जारी गर्दै कार्तिक महिनामा भेटिएका तीन शबहरु यदी कसैको आफन्तका भए सम्पर्क गर्न पनि आग्रह गरेको हो । गत २४ गते सुनसरीको तरहरामा भेटिएको अन्दाजी ३५÷४० बर्ष जस्तो देखीने सेतो कोठे सर्ट लगाएको, कपाल मुण्डन गरिएको, दाहिने हातको नाडीमा रुद्राक्षको माला लगाएको, सिएससी चप्पल लगाएको, नाइल डोरीको झोला बोकेको, तराई बस्ने जस्तो देखीने अन्दाजी ५ फिट ५ इन्च भएको ब्यक्तीको अझै सनाखत भएको छैन् ।
त्यस्तै १९ गते सुनसरीको बुढिखोला स्थित मलामी बस्ने प्रतिक्षालयमा फेला परेको अन्दाजि ७५ बर्षिय शरिरमा कपडा नभएको, पातलो शरीर भएको, कपाल सेतो कालो गहँु गोह्रो बर्णको अन्दाजि ५ फिट २ इन्च भएको पुरुषको पनि अझै सनाखत भएको छैन् । भने, २ गते अर्थात हिजो सुनसरी को भिरगाँउ बुढिखोलामा बुटे रंगको सुरुवाल लगाएको, पहेंलो भेस्ट लगाएको, सरिर सम्पुर्ण सडेको अन्दाजि ४ फिट ११ इन्च उचाइ भएको सबको पनि सनाखत नभएकोले सम्वधित आफन्तजनले इलाका प्रहरी कार्यालय इटहरीमा सम्पर्क राख्न कार्यालयले आग्रह गरेको छ ।