काठमाडौं ३० कार्तिक । समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक शुक्रबारबाट शुरु भएको छ । विहीबार पार्टीको संघीय परिषद्को बैठक सकाएर शुक्रबारदेखि केन्द्रीय समितिको बैठक शुरु भएको हो ।उक्त बैठक आज सकिँदै छ ।
संघीय सरकारबाट बाहिरिने नबाहिरिने विषयमा निर्णय लिन बसिरहेको केन्द्रीय समितिको बैठकप्रति सबैको ध्यान रहेको छ । सरकार छाड्ने विषयमा पार्टीभित्र र बाहिर दवाव रहेको कारणले त्यसको निर्णय गराउन केन्द्रीय समितिको बैठक बोलाएको हो । झण्डै चारसयको संख्यामा रहेको केन्द्रीय समितिमा सरकार छाड्ने नछाड्ने विषय मुख्य एजेण्डा बनेको छ । पार्टीका प्रचार विभाग प्रमुख प्रशान्त सिंहले सरकार छाड्ने नछाड्ने विषयमा केन्द्रीय समितिमा छलफल हुने बताए ।
शुक्रबारबाट शुरु भएको बैठकमा केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्ने बताउँदै उनले बैठकबाट जे निर्णय हुन्छ त्यही आधारमा पार्टी अगाडि बढ्ने बताए । समाजवादी पार्टी संघीय परिषद्को बैठकमा अध्यक्ष डा.बाबुराम भट्टराईल सो विषयमा प्रस्ताव पेश गरेका थिए । तर परिषद बैठकले सरकार छाड्ने नछाड्ने विषयको निर्णय गर्ने जिम्मा केन्द्रीय समितिलाई दिएको छ । दुई बुँदै सम्झौता गरेर सरकारमा सहभागी भएको समाजवादी पार्टीले सत्ताधारी दलले त्यसको कार्यान्वयन नगरेको गुनासो गरेको छ । दुई बुँदे सम्झौतामा मुख्य बुँदा सविधान संशोधन रहेको छ । त्यसमा सरकारले कुनै चासो नलिएको पाइयो ।
त्यसको लागि सत्ताधारी दलसँग अन्तिम पटक कुरा गर्ने वा अहिले नै सरकारबाट बाहिरिनेभन्ने विषयमा छलफल हुने छ,’ समाजवादी पार्टीका केन्द्रीय सदस्य योगेन्द्रराय यादवले भने । रातोपार्टिबाट