लहान, कार्तिक २४ गते। मुस्लिम समुदायहरुले आज धर्म प्रवर्तक मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्तीका अवसरमा शक्ति प्रदर्शन गरेको छ ।
विभिन्न गाउँबाट आएका मुस्लिम समुदायहरुले हिन्दुहरुको ऐतिहासिक धरोहर रंगभुमि मैदानबाट जुलुस निकालेको हो । जुलुसमा हजारौं मुस्लिम समुदायको सहभागीता रहेको थियो ।
प्रदेश २ सरकारले मो. पैगम्बरको जन्म दिनको अवसरमा आज सार्वजनिक विदा समेत दिएको छ ।