सिरहा ,२२ कार्तिक ,आरम्भ साईन्स कल्चर क्लब गोलबजारको आयोजनामा आज २२ गते बाट भोली २३ गते सम्म संचालन भएको दुई दिवसीय शैक्षिक मेलाको उद्घाटन संघिय सरकारका शिक्षा ,बिज्ञान तथा प्रबिधि मन्त्री माननीय गिरिराजमणि पोखरेलले गर्नु भयो । शैक्षिक मेलाको उद्घाटन गर्नु हुदै ” शिक्षा क्षेत्रमा अनुभुती गर्ने खालको परिवर्तनको लागि शिक्षक , बिधार्थी र अभिभाबकको सकारात्मक शहकार्य जरुरी रहेको बताउनु भएको छ।
क्लबका अध्यक्ष रामकुमार यादबको अध्यक्षतामा भएको कार्यक्रममा बिशिस्ट अतिथिको रुपमा पूर्वमन्त्री विश्बनाथ साह , प्रतिनिधि सभाका सदस्य माननीय लीलानाथ श्रेष्ठ , प्रदेश सभाका सदस्य माननीय रामकुमार यादव र गोलबजार नगरप्रमुख देवनाथ साह ले “आफ आफना बिचार राख्दै शिक्षाले नै समाजलाई बिकासको बाटोमा डोर्याउन सक्ने जिकिर गर्नु भयो। विभिन्न बिधालयका बिधार्थीहरुले सिर्जना गरेका सिर्जनाहरु मेला प्रदर्शनीको लागि राखिएको छ । यो मेला दुई दिन सम्म चल्ने आयोजक समितिले बताएका छन । मनोरञ्जन को लागि साँस्कृतिक कार्यक्रम सहित स्थानीय जनता नमुना माध्यमिक बिधालय गोलबजार -४ मा संचालन भैरहेको छ।