सिरहा १४ कार्तिक । समाजवादी पार्टीका नेता राजेश विद्रोहीले कानुनले तक्था पल्टाए तीनै करोड नेपाली जेल बाहिर नरहने बताएका छन् । यो कुरा सुन्दा सबैलाई अचम्म लाग्न सक्छन् । तर, कुरा सत्य हो ।
नेपालका कानुन जहिले पनि दोषी मैत्री नभएर निर्दोष मैत्री भएकाले सत्यको पराजित र असत्यको जित हुदै अाएकाले मुलुकको कानुन अहिले पनि खिचडी प्रवृत्तिको भएको विद्रोहीको भनाइ छ । उनले फेसबुकमा स्टाटस लेख्दै भनेकाछन्, ´सरकारले चाहयो भने तीनै करोड नेपालीलाई जेल हाल्न सक्छन्, त्यो अधिकार उनमा छ ।`
मुलुकको कानुन सार्वभौम हुन नसक्दा अहिलेसम्म उत्पीडित समुदाय उत्पीडनमा पर्दै अाएको बताएका छन् । मुलुकमा यस्तो संविधान र कानुनको कुनै अर्थ नभएको बताएकाछन् । कानुनले एस कित नो को कुरामा अाधारित हुनुपर्ने हो तर, त्यो छैन् । अहिले पनि संविधानमा पुरानै गन्ध छ । त्यसैले संविधान संशोधनको विकल्प नरहेको बताएका छन् ।