महेश सिंह महतो लहान १४ कार्तिक । सिरहाको सखुवान्नकारकट्टि गाँउपालिका स्तरीय समाजवादि पार्टी समायोजन सभा तथा शुभकामना आदान प्रदान कार्यक्रम बुधवार खैरबोना चौकमा सम्पन्न भएको छ ।
मधेश प्रदेश तथा अर्थ मामिला तथा योजना मन्त्रि विजय कुमार यादवको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा नयाँ शक्ति पार्टी र संघिय समाजवादि फोरम नेपाल बिच एकिकरण भए अनुरुप गाँउपालिका स्तरिय समाजवादि पार्टीको संयोजक सत्यलाल यादवको नेतृत्वमा २१ सदस्य गाँउपालिका इकाइ समिति गठन भएको छ ।
वडा नं. ३ परियारपुरमा रहेको २ कठ्ठा ११ धुर एलानी जग्गामा नेपाल रेडक्रस सोसाइटि माँ राजदेवि भवानी उपसाखा खोल्ने कुरामा मन्त्रि यादवसंग छलफल भएको रेडक्रस उपसाखाका सभापति राजदेव यादवले बताएका छन् । छलफलको क्रममा सो एलानी जग्गा गाँउपालिकाले रेडक्रस उपसाखाको नाममा पास गरिदिएको छलफल बिच जानकारी गराउनुभयो ।
समाजवादि पार्टीका गाँउ इकाइ कमिटिका अध्यक्ष सत्यलाल यादवको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सो पार्टी सम्बत गाँउपालिका अध्यक्ष, वडा अध्यक्ष , प्रदेश स्तरीय नेताहरु तथा जिल्ला स्तरीय नेताहरुको कार्यक्रममा सहभागिता रहेको थियो । उपस्थित अतिथिहरुलाई स्वागत वडा नं. ४ का पार्टी वडा संयोजक योगेन्द्र झाले गर्नुभएको थियो भने कार्यक्रम संचालन वडा नं. ४ का वडा अध्यक्ष महेन्द्र प्रसाद यादवले गर्नुभएको थियो ।