सचिता सिहं लहान, १३ कार्तिक । कुनै पनि सहकारी सवल बनाउन सहकार्यताको जरुरी हुन्छ । सिरहाको धनगढीमाई नगरपालीकाको नगर प्रमुख हरीनारायण चौधरीले बताउनुभएको छ ।
आत्मनिर्भर बचत तथा ऋण सहकारी संस्था लि. धनगढीमाइ नगरपालिका वडा नं. २ भवानीपुरको मंगलबार भएको सातौं वार्षिक साधारण सभाको विशिष्ट अतिथिको आसनबाट यस्तो बताएका छन् ।
मेयर चौधरीले आगाडी थप्दै भनु भयो शेयर सदस्यहरुको सरसफाइ, शिक्षामा वितिय साक्षरता, लिइएको ऋणको सदुपयोग, सहकारीमा समान्ता र समतामुलक बानाउनमा जोड दिनुभएको हो । वैंक एक फरक विषय हो सहकारी एक फरक विषय हो जहाँ सेवा पनि फरक तरिकाबाट दिने गरीनछ । अहिले यस नगरपालिका भित्र जम्मा जम्मी १ सय ५० वटा सहकारीहरु काम गरीरहेका छन् । यस नगर भित्रका सम्पूर्ण संघ संस्थाहरुलाई यथा सिघ्र प्रविधीमा गाँस्ने काम भइरहेको जानकारी समेत कार्यक्र बिच गराउनुभयो ।
प्रदेश नं. २ का भूमी व्यवस्था कृषी तथा सहकारी मन्त्रि शैलेन्द्र कुमार साहको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा पुर्व संस्कृति तथा पर्यटन मंत्रि शत्रुधन प्रसाद सिंह कोईरी रहेको थियो । सहकारीका अध्यक्ष श्यामलाल चौधरीको अध्क्षतामा कार्यक्रम सम्पन्न भएको सहकारीका सचिव सुजित कुमार चौधरीले जानकारी दिनुभएको छ ।