दाङ ८ कात्तिक । वडा प्रहरी कार्यालय घोराहीले घोराही बजारका विभिन्न स्थानबाट १२ सय लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ ।
घोराहीका तुलसीपुर चोक, बसपार्क, गोर्खा टोल, रझेना चोक लगायतका बजारका विभिन्न स्थानबाट अवैध घरेलु मदिरा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
दाङका सहायक प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसि, जिल्ला प्रहरी कार्यालय दाङका एसपि जनक भट्टराई, घोराही १५ का वडा अध्यक्ष रमेश पाण्डेको विशेष उपस्थितिमा अवैध घरपालुवा मदिरा नष्ट गरिएको वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरिक्षक शशि शर्माले जानकारी दिए ।