शम्भ् चौधरी लहान ३ कार्तिक । सिरहाको धनगढीमाई नगरपालिकाअन्तर्गत पर्ने दुर्गम क्षेत्र नं वडा १३ को दुरबीन डाँडामा निर्मित दुर्विन खानेपानी आयोजनाको शनिबार विधिवत् धनगढीमाई नगरपालिकाका नगर प्रमुख हरी नारायण चौधरीले उद्घाटन गर्नु भएको हो ।
युनिसेफ, धनगढीमाई नगरपालिका, १३ वडा कार्यालयको लागत र स्थानीयको जनश्रमदान गरी ५० लाख ४२ हजारको लागतमा खानेपानी आयोजना निर्माण भएका छन । नव निर्मित दुरबिन डाँडा खानेपानी आयोजनाबाट उक्त क्षेत्रका ८६ घरधुरीका ६ सय ३ जनाले खानेपानी उपभोग गर्ने भएका छन् । यस अघि उक्त क्षेत्रका स्थानीयहरुले वर्षौ देखि कष्टकर र घण्टौं समय खर्चिएर तरिकाले खोलाको दुषित पानी खान वाध्य हुँदै आएको थियो ।
शुद्ध खानेपानी उपभोग गर्न पाउदा त्यस क्षेत्रका स्थानियहरु हर्षित भएको वडा अध्यक्ष सुर्यमान तमांगले बर्ताएका छन ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दे नगर प्रमुख चौधरीले भन् भयो वर्षौ देखि दुःखसँग खाइरहेको पानी घरमै आएकाले सबैले अपनत्व लिएर खानेपानी आयोजनालाई संरक्षण गर्न अनुरोध ुमेत गरेका छन। नगरप्रमुख चौधरीले निर्मित आयोजनाका उपभोक्ताहरुलाई निकट भविष्यमै वाटर सेफ कम्युनिटी घोषणा गरिने भएकोले आजैदेखि खानेपानीलाई स्वच्छता र सरसफाईको विषयमा समेत सबैले ख्याल गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रमुख, उपप्रमुख, वडाध्यक्ष, नगरकार्यपालिका सदस्य, स्थानीय, बुद्धिजीवी, समाजसेवी लगायतको उपस्थिति रहेको वडाध्यक्ष तमांगले जानकारी दिनु भएको छ ।