महेश सिंह, सिरहा ३ कार्तिक – सिरहाको बरियारपट्टी गाउँ पालिका कचनारीबाट लागूऔषधसहित दुई जना युवा लाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहा का विशेष प्रहरी टोलि र प्रहरी चौकी कचनारीबाट खटिएको टोलि ले सिरहाको गोलबाजार नगरपालिका ६ को प्रेम कुमार साहको छोर २० वर्षीय गणेश कुमार साह र नरहा गाउँपालिका १ को श्याम सुन्दर यादवको छोरा २० वर्षीय नवीन कुमार यादव लाई पहरीले पक्राउ गरेको हो ।
नेपाल मा प्रतिबन्ध लगाईएका ८९ बोतल डीलक्स नामक लागुऔषध सहित पक्राउ गरेको हो । पक्राउ परेका दुबै कारोबारी निकै समय देखि लागुऔषध ओसारपोसार कार्यमा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक एसपी उमा प्रसाद चतुर्वेदीले बताएका छन ।
पक्राउ परेका दुबै जनालाई आबश्यक कार्बाही तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले बताए ।