जनकपुर ३० , असोज । धनुषामा विद्यालय भवनको पर्खाल भत्किँदा च्यापिएर एक विद्यार्थीको ज्यान गएको छ । धनुषाको ज जनकनन्दी गाउँपालिका ४ मा स्थानीय केएसएसबी उच्च मावि, खजुरीको वालविकास कक्षाको जीर्ण भवनको पर्खाल भत्किँदा च्यापिएर ७ वर्षीय सँसना सदाको ज्यान गएको हो ।
जनकनन्दी गाउँपालिका ४ बस्ने राजकुमार सदाकी छोरी सँसनाको शरीरमाथि नै पर्खाल खस्दा उनको घटनास्थलमै मृत्यु भएको प्रधानाध्यापक रामकिशोर यादवले बताउनुभयो । प्रधानाध्यापक यादवका अनुसार पर्खालले च्यापिएर ६ वर्षीय विद्यार्थी मोहम्मद समिर साफी गम्भिर घाइते भएका छन् ।
मृतक सदाको शव र घाइते विद्यार्थीलाई अञ्चल अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय खजुरीले जनाए को छ ।