सिरहा,२९ असोज । सिरहा प्रहरीले ब्राउन सुगर सहित दुई युवालाई पक्राउ गरेको छ । सिरहाको गोलबजार नगरपालिका ५ असनपुर स्थित ई.प्र.का गोलबजार सिरहाबाट खटिएको गस्ती टोलीले दुई युवकलाई पक्राउ गरेका हुन ।
पक्राउ पर्नेमा गोलबजार नगरपालिका ५ बस्ने दुर्गा यादवको गोठ घर कुखुरा फारमबाट सोही ठाँउ बस्ने बर्ष २४ को मुनेश कुमार सिंह र गोलबजार ६ दोहटिया बस्ने बर्ष २८ को हरिश चन्द्र महतो रहेका छ्न ।
उनीहरुको साथबाट प्लाष्टिकको पोकामा तयार पारीएको लागु औषध (ब्राउन सुगर) ४३० मि.लि ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । त्यसैगरी उनिहरुले प्रयोग गरेको स.३ प. ७६०८ नं. को मोटरसाइकल समेत बरामद गरेको थियो ।
उनहरुलाई पक्राउ गरी आवश्यक कार्वाहीको लागी ई.प्र.का.गोलबजार सिरहामा ल्याई राखिएको थप अनुसन्धान कार्य भईरहेको जनाएको छ ।