राजेश विद्रोही लहान, सिरहा
जव तिमी शासक बन्छौ अनि गाउँगाउँमा बन्छ सिंहदरबार,
तर, जव तिमी नोकर बन्छौ अनि जनताको मनमन्दिरमा बन्छ तिम्रो घरबार ।
तिमी शासक बनने कि नोकर
तिमी गाउँगाउँमा सिंहदरबार बनाउने कि, जनताको मनमन्दिरमा घरबार ?
फरक यति हो, तिम्रो शासनमा ।
हिजोमात्र हामीले थाहा पाएको अनि प्रशिक्षण पनि पाएको सिंहदरबारमा विदेशी बाघहरु बस्छन्
जसको शरीरमा कुनै तागत हुँदैन रोगैरोगले भरिएको हुन्छ तर, गाउँघरमा असली बाघहरु बस्छन् ।
त्यसैले, कोहि पनि नडराउ सिंहदरबारमा विदेशी बाघहरु छन्
बाहिर हुँक्कार देखिए पनि भित्रभित्रै विदेशी रोगले ग्रसित छन्, गाउँघरमा सिंहदरबार नभित्र्याउ
गरिबीको झोपडिहरु सबै उजाडिन्छन् ।
२०७६/६/२८