सिरहा, २२ असोज । सिरहा नगरपालिका–१२ सारश्वरस्थित मैन र नटवा टोलबीच एक आपसमा झगडा हुँदा १६ जना व्यक्ति घाइते भएका छन् ।
फुटन कुजरा, मो तसमिम राईन, मो समसेर राइन, कैउम मियाँ, मो मुस्तुफा मियाँ, मो महेवुल मियाँ, मो मदिना खातुन, मो फईम राईन, मो महिमुल खातुन लगायतलाई रेफर गरिएका छन् ।जरिना खातुन, मो अब्दुल कादिर, मो जैतुन खातुन, मो साहिद मियाँ, मो अब्दुल रहमान राईन, मोकतार राईन लगायतको उपचार जिल्ला अस्पताल सिरहामा भइरहेको छ । घाइतेहरु मध्ये अधिकांशको टाउ र हातमा काटिएको छ भने लाठीको डाम देखिएका छन् ।
१६ घाइते मध्ये ९ जनालाई प्राथमिक उपचारपछि थप उपचारका लागि बाहिर रेफर गरिएको जिल्ला अस्पताल सिरहाले जनाएको छ ।
दुबै टोलका युवाहरुले दुर्गा मेला हेर्न गएको बेला भएको विवादलाई लिएर झगडा भएको स्थानीयहरुले बताएका छन् । उनीहरुका अनुसार छलफलको माध्यमबाट पहिला भएको विवादलाई टुंगो लगाउने सहमति भएको थियो तर तरकारी बेच्न गइरहेका बिपतिया राईनलाई पक्रेर कुटपिट गरेपछि दुईतर्फा झगडा भएका छन् ।
घटनाबारे सूचना आए लगत्तै प्रहरी पठाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख एसपी उमा प्रसाद चर्तुवेदीले बताए । दुई टोलबाट सोधपुछका लागि मान्छे पक्राउ गरि ल्याएको र थप अनुसन्धान भईरहेको उनले जनाए । अप्रिय घटना हुन नदिनका लागि प्रहरी टोली परिचालन गरिएको उनले थपे ।