जनकपुरधाम, २२ असोज । सप्तरीको राजबिराजको लागि हिडेका बस धनुषामा दुर्घटना भएको छ । पुर्व- पश्चिम राजमार्गअन्तर्गत धनुषाको विरेन्द्रबजार र धारापानी बीचमा बस पल्टेको प्रहरीले जनाएको छ ।
जनकपुरबाट राजविराजका लागि छुटेको बस पल्टिँदा १५ जना घाइते भएका हुन् । मंगलबार दिउसो भएको उक्त दुर्घटना मा चार जनाको अवस्था गम्भीर रहेकोे प्रहरीले बताए ।
घाइते भएका सबै जनालाई स्थानीय अस्पताल तथा क्लिनिक मा उपचार भईरहेको छ । राजविराजको लागि छुटेकाे ना ४ ख ७८९९ नम्बरको बसले दुई मोटरसाइकलमा समेत ठोक्किएको थियो ।