मुलुकमा मिडिया च्याउझैं उम्रिएकाछन् । तर, असल काम गर्ने मिडियाहरु कमैछन् । अचेल समाजिक संजालको दुरुपयोग धेरै भइरहेको छ । परिणाम त असल काम गर्ने मिडियाहरुलाई नराम्रो असल परिरहेको छ ।
सरकारले अाम नागरिकलाई समाजिक संजालसम्बन्धी प्रशिक्षित नगरे भावी दिनमा यसको नराम्रो असर राज्यस्तरमा पर्ने देखिन्छन् । त्यसैले अहिलेको समाजिक युगलाई युगानुसार ब्यबस्थापन गर्न जरुछ । सभामुख कृष्णबहादुर महरा र रोशनी शाही घट्नाले यो विषयलाई पुष्टि गरेको कुरा राजेश विद्रोहीले अाफ्नो फेस्बुक स्टाटसमा लेखेका छन् ।
उनले भनेका छन् – ´ महरा र रोशनी काण्डमा कुन मिडिया कसको हो र कसले संचालन गरेको छ, यो घट्नाबाट सबैको पर्दाफास भएको छ । ` त्यसैले मिडियाहरुलाई अाग्रह छ कि असल शासक र वास्तविक जनताको सेवा गरुन् । यहाँका अधिकांश मिडियाहरु पैसा कमाउने धन्दामा समाजलाई विगारेको छ ।
पिंधका जनतालाई सेवा गर्न सकेको छैन् । किनभने मिडिया किन्ने हैसियत सर्वसाधारण नागरिकको छैन् । त्यसैले नागरिकका अधिकांश समस्या र सपनाहरू त्यसै मर्न विवश छन् । यसर्थ विद्रोहीले मिडियाले देश र जनताको सेवामा लिप्त हुन अाग्रह समेत गरेका छन् ।