असोज १८ । महोतरीको गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोले खेलाडी युवाहरुले खेलमा राम्रोसँग विकास गरे र जिल्ला तथा राष्ट्रिय स्तरमा अाफ्नो पहिचानलाई स्थापित गरे नगरपालिकाबाट वर्षको पाँच लाख बजेट छुट्याउने बताएका छन् ।
महोतरीको गौशाला नगरपालिका वाडा न. १० र ११ मा जनजागृति युवा क्लबले अायोजना गरेको क्रिकेट खेलको उद्घाटनमा प्रमुख अतिथिका रुपमा पाल्नु भएको मेयर महतोले त्यसरी भनेकाछन् ।
हिन्दुहरुको महान चाँड दशै,तिहार र छठलाई लक्षितगरी क्लबले अायोजना गरेको त्यो क्रिकेट खेल प्रतियोगितामा जम्मा १९ टिमको सहभागी रहेको क्लबका अध्यक्ष सत्यनारायण महतोले बताएका छन् । खेल उदघाटन समारोहमा अतिथिकारुपमा वाडा न. १० का वाडा अध्यक्ष जलिल मियाँ, वाडा न.११ का वाडा अध्यक्ष बद्रीनारायण श्रेष्ठ, क्लबका संस्थापक अध्यक्ष सूर्यनारायण महतो, वाडा न. ११ का वाडा सदस्यहरुमा रामगुलाम महतो,धनबिर महतो, बेचनीदेवी पासवान, मैमुन करैटे त्यस्तै वाडा न. १० का वाडा सदस्यहरुमा प्रमेश्वर मण्डल, डम्बरबहादुर दर्लामी, ललिता राम, कन्ति मण्डल, क्लबका सदस्यहरु विजय महतो,राजकिशोर महतो,दिपक महतो,लालबाबु महतो,राजन चुरोटे लगायतकाहरुको अातिथ्य अासनग्रहण गरेका थिए ।