आरोहण शाह वीरगञ्ज १३ असोज विश्व प्रसिद्ध बाराको गढीमाई मेलामा हुने गरेको बली प्रथालाई निरुत्साहित गर्न अभियान चलाएका अभियाकर्ताहरु स्वयं मासांहारी भएको खुलासा भएको छ । असोज १२ गते बीरगन्जको भिष्वा होटेलमा अभियानकर्ताहरु स्वयं मांसाहार भोजन ग्रहण गरिरहेको अवस्थामा पत्रकारहरु पुग्दा आक्रोशित हुदै पत्रकारलाई नै दुव्यवहार गर्न खोजे ।
गढीमाइ मेलामा दिइने पशु बली रोक्न सन् २०१४ मा दि जेन् गुडअइल इन्स्टिच्युटका कार्यकारी निर्देशक मनोज गौतमले सर्वोच्च अदालतमा रिट गरेका थिए । गौतमको रिटमा सुनवाई गर्दै सर्वोच्च अदालतले बली रोकन स्थानियको राय संकलन गर्न आदेश गरेको थियो । सोही अनुरुप दि जेन् गुडअइल इन्स्टिच्युटका कार्यकारी निर्देशक मनोज गौतमले गढीमाई मेलाको तयारीको बेला बीरगन्जमा बारा, पर्सा र रौतहटका स्थानिय जनप्रतिनिधी तथा राजनैतिक अगुवालाई नगरसभा गृहमा बोलाई अन्तकृया कार्यक्रमको आयोजन गरेका थिए । अन्तकृयामा बलि प्रथालाइ निरुत्साहित गर्न हरेक जनताले पशुको मारकाट बन्द गर्न आफनै घरबाट शुरुवात गर्नुपर्ने बताउदै जनकपुर उच्च अदालत अस्थायी इजलाश वीरगन्जका मुख्य न्यायधिश डिल्ली राम आचार्यले बताउनु भएको थियो ।
तर अभियान चलाएका गौतम समुहले भने कार्यक्रम सकेर होटल भिष्वामा मज्जाले मासु दबाई रहेका थिए । असोज ९ गते अन्तकृया कार्यक्रम सम्पन भएपनि बली प्रथा रोक्ने अभियानकर्ता दि जेन् गुडअइल इन्स्टिच्युटका कार्यकारी निर्देशक मनोज गौतमको समुह पुन. असोज १२ गते बीरगन्जमा सम्पन गण्डकी प्रदेशको पर्यटकीय अभियानको कार्यक्रममा सहभागि भयो । कार्यक्रम पश्चात गौतम समुह वास वस्न बीरगन्जको होटल भिष्वामा पुगेर मांसाहार भोजन गरिरहेको बेला स्थानिय पत्रकारहरु थाहा पाएर उनीहरुको फोटो खिच्न प्रयास गर्दा गौतम समुह पत्रकारहरु संग दुर्वहार गर्न उतारु भयो ।
एउटा अभियानकर्ता आफुले विरोध गरेको कुरालाई स्वयं स्विकार्य गरिरहेको अवस्थामा पत्रकारहरु बीचमा पुगेपछि उनी असंतुलित बनेका थिए ।