काठमाडौं । भारत र पाकिस्तानको सीमा क्षेत्र कश्मिरमा शक्तिशाली भूकम्प गएको छ ।
स्थानीय समय अनुसार आज दिउँसो ४ बजेर ३५ मिनेटमा गएको भूकम्प ६ दशमलव ३ म्याग्नेच्यूटको मापन गरिएको भूकम्प मापन केन्द्रले जनाएको छ । भुकम्पमा परी ५ जनाले ज्यान गुमाएका छन् भनजे ५० भन्दा बढी घाइते भएका छन् ।
भूकम्पको कम्पन भारतको राजधानी दिल्लीमा पनि महशुस गरिएको थियो । पीओकको जाटलान क्षेत्रमा शक्तिशाली भूकम्प गएपछि परकम्प आउन सक्ने खतरा भूकम्पविद्ले औल्याएका छन् । भूकम्पको केन्द्र भएको क्षेत्रमा सडक फाटोको छ भने अधिकांश घरहरु भत्किएका छन् ।