आरोहण शाह वीरगञ्ज ६ असोज । एनआई सी एशिया बैंकले वीरगञ्ज माहानगरपालिका नयाँ शाखा कार्यालयको सोमबार औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।
वीरगञ्ज महानगरपालिका वडा नं ११ , पावरहाउस स्थित एनआई सी एशिया बैंकको शाखाको वीरगञ्ज उधोग बाणिञ्य संघका अधयक्ष गोपाल केडियाले एक समारोहकाबीच समुद्घाटन गरेका छन् । बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा पर्सा जिल्लामा ३ शाखा कार्यालयहरु र ३ वटा एक्सटेन्सन काउण्टर रहेको छ ।
बैंकको शाखा खुलेपछि स्थानीय बासिन्दाहरु निकै उत्साही बनेको एनआई सी एशिया बैंक पावरहाउस शाखाका प्रबन्धक नितेशराज सत्यालले बताए ।उनका अनुसार, शाखामा २ हजार ७ सय जनाले खाता खोली कारोबार शुरु गरिसकेका छन् भने कारोबार तर्फ बैंकको ३८ करोड निक्षेप लगानी र १२ करोड बचत रहेको छ ।
ग्राहकहरुको विश्वास जित्दै अघि बढिरहेको एनआई सी एशिया बैंकले शाखा सञ्जाललाई गाउँ गाउँमा पुर्याउने उद्देश्य लिएको छ । योसँगै पर्सा जिल्लाको गा्रमी क्षेत्र भिस्वा , लगडी ,जगरनाथपुर र जिराभवानीमा एक्सटेन्सन काउण्टर सुचारु गरिसकेको जनाईएको छ ।